एनपीएलकाे टिकट मूल्य ताेकियाे,साधारणतर्फ पाँचसय मात्रै

काठमाडौं: तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।
कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलहरूका लागि भने साधारण टिकटको मूल्य १,००० रुपैयाँ र प्रिमियम टिकटको मूल्य २,००० रुपैयाँ तोकिएको छ।

यसैबीच उद्घाटनका दिनकाे टिकट साेल्ड आउट भएका छन्। गएराति ८ बजे टिकट खुला गरिएको आधा घण्टामै साेल्ड आउट भएका हुन्।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स भिड्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!