कांग्रेस बैतडीकाे अधिवेशनबाट प्रतिनिधि र सभापति चयन

बैतडी: नेपाली कांग्रेस बैतडीको आठौं अधिवेशनबाट १५ औं महाधिवेशन प्रतिनिधि,प्रदेश अधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिमा चतुरबहादुर चन्द,नरेन्द्रसिंह थापा, केशवबहादुर चन्द,विष्णुदत्त जोशी,नरेन्द्रप्रसाद भट्ट,गौरीसिंह रावल,खगेन्द्रसिंह धामी,हरिसिंह धामी,कर्णसिंह साउँद,दशरथसिंह चाँड,प्रेमबहादुर चन्द,ईश्वरदत्त भट्ट,पूर्ण बोहरा,नरेन्द्र साउँद,शिवराज भट्ट,गजेन्द्रबहादुर चन्द,दिपेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको नेपाली कांग्रेस बैतडीका काेषाध्यक्ष चक्र चन्दले जानकारी दिनुभयाे।

यस्तै मिना चन्द,जानकी भट्ट,कुश्मा चन्द,प्रेरणा थापा,द्रोपति चन्द,बसन्ती बम,राजु भट्ट,टेक विश्वकर्मा,गाेविन्द परियार,बिमला महर,काैशिला चन्द,हरिश बोहरा,भागरथी भट्ट,दिपेन्द्र ढुंगाल र कृष्णसिंह ठगुन्ना पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुनुभएको छ।

साथै प्रदेश सभाका क्षेत्रीय सभापतिहरू र पालिकाका सभापतिहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।
प्रदेश सभा क्षेत्र (क) का क्षेत्रीय सभापति गणेश गडाल र प्रदेश सभा क्षेत्र (ख) का क्षेत्रीय सभापतिमा लाेकराज भट्टसहित १८/१८ जनाकाे क्षेत्रीय कार्यसमिति गठन गरिएको छ। भने २४/२४ जना प्रदेश अधिवेशन प्रतिनिधि छनाेट भएका छन्।
यसअघि जिल्लाका १० वटै पालिकाकाे पनि अधिवेशन सम्पन्न भएको थियाे।
जसबाट दशरथचन्द नगरपालिकामा रन बहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा,मेलौली नगरपालिकामा प्रमानन्द भट्ट,पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद, पन्चेश्वर गाउँपालिकामा लोकेन्द्र बहादुर चन्द, दोगडाकेदार गाउँपालिकामा डम्बरसिंह कार्की, शिवनाथ गाउँपालिकामा महामल सिंह साउद,
सुर्नया गाउँपालिकामा उत्तम बहादुर चन्द, सिगास गाउँपालिकामा दिपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!