बैतडी: बैतडीको मेलौलीमा अन्तर वडास्तरीय खुल्ला महिला र पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा यही कार्तिक १३ गतेदेखी खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले महिलापुरुष दुबैतर्फ १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान हासिल गर्ने टिमले ७७ हजार ७७७, तेस्रो स्थान हासिल गर्ने टिमले ४४ हजार ४४४ ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने आयोजक खेलकुद समिती बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो।
खेलकुद प्रतियोगितामा विधागत उत्कृष्ट प्रदर्शन गर्ने सबै विधाका खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको समेत आयोजकले जनाएको छ ।
एक वडाबाट एक टोलीले मात्रै सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको खेलकुद समिती प्रमुख तर्कराज जोशीले बताउनुभयो ।
प्रतियोगितालाई विवादरहित ढंगले सम्पन्न गर्न तयार रहेको बैतडीका भलिबल प्रशिक्षक हरि भण्डारीले बताउनुभयो ।
प्रतियोगिताले भलिबल खेलकाे विकास हुने विश्वास गरिएको छ।
