सुदूरका जिल्ला अस्पतालका अध्यक्ष नियुक्त,बैतडीमा क्षेत्री

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशको आज बसेकाे मन्त्रिपरिषद् बैठकले यहाँका विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरेकाे छ।

जसअनुसार जिल्ला अस्पताल बैतडीको अध्यक्षमा दशरथचन्द नगरपालिका-३ निवासी धनबहादुर क्षेत्री,दार्चुला जिल्ला अस्पतालको अध्यक्षमा महाकाली नगरपालिका-५ निवासी तोरणप्रसाद अवस्थी नियुक्त हुनुभएको छ।

बझाङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयपृथ्वी नगरपालिका-३ निवासी वीरेन्द्रबहादुर खड्का , जिल्ला अस्पताल बाजुराको अध्यक्षमा खप्तडछेडेदह गाउँपालिका-५ निवासी धनबहादुर रावतलाई नियुक्त गरिएको छ।

यस्तै टिकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा टिकापुर नगरपालिका-१ निवासी रामबहादुर भण्डारी नियुक्त हुनुभएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!