बैतडी: सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाहले बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नुभएको छ ।
आज बिहान उक्त मन्दिरमा पुगेर मुख्यमन्त्री शाहले दर्शनका साथै पाठपूजा गर्नुभएको हो ।
मुख्यमन्त्रीसंगै सुदूरपश्चिमका प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र सुरेन्द्र पालले पनि मन्दिरको दर्शन गर्नुभएको हो ।
दर्शनपश्चात मुख्यमन्त्री शाहसहितको टोली दार्चुला प्रस्थान गरेको छ ।
दार्चुलामा सोमबार जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
यसअघि हिजो बैतडी सदरमुकाममा पनि जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
