भीरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु

बैतडी: भीरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय ईन्द्रसिंह साउँद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जादा आज दिउँसो भीरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

भीम आज दिउँसो २ बजे शिवनाथ ६ ओल्या भीरबाट ५०० मिटर तल मृत फेला परेका हुन् ।

यस्तै ईन्द्रसिंह साउँदको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भरिबाट लडेर मृत्यु भएको स्थानीय धर्मसिंह भाटले जानकारी दिनुभयो ।

डिलाशैनीकी हरुली कार्कीको बुधबार न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीय बमबहादुर कार्कीले बताउनुभयो ।

बुधबार दिउँसो ४ बजेतिर कार्की भीरबाट लडेकी र खोजी गर्दै जाँदा बेलुकी ६ बजेतिर भीरभन्दा एक सय मिटर तल उहाँको शव फेला परेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!