उदयदेव-पाटन प्रिमियर लिग: हिमचुली सेमिफाइनलमा, रिसिकेश उत्कृष्ट

बैतडी:बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव- पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब सेमिफाइनल पुग्ने पहिलाे टाेली बनेकाे छ।
आज सम्पन्न खेलमा हिमचुलीले केदार शक्ति क्रिकेट टिमलाई ९ रनले हरायाे ।
जितका लागि पाएकाे १२२ रनकाे लक्ष्य पछ्याएको केदारशक्तीले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्याे।
जसमा यश कुमार कठायतले ३२ र किरण धामीले ३१ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।
हिमचुलीका रिसिकेश बाेहरा र प्रकाश विष्टले २/२ विकेट चट्काए।
यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे हिमचुलीले ९ विकेटको क्षतिमा १२१ रन जाेड्याे ।
उसका रिसिकेश बाेहराले ३६,सन्ताेष साउँदले ३२ र राजेन्द्र बाेहराले अविजित २७ रन हिर्काए।
केदारशक्तीका सन्ताेष पाण्डेयले ३,किरण धामीले २ विकेट हात पारे।
अलराउन्डर प्रदर्शन गरेर हिमचुलीलाई जिताएका रिसिकेश बाेहरा प्लेयर अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयाे।

पाटन एकता समाजकाे आयाेजना असाेज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टाेली सहभागी छन् ।

पाटन नगरपालिका प्रायाेजक रहेकाे प्रतियोगिताकाे विजेताले एकलाख लाख ३५ हजार ७९१ र उपविजेताले ५६ हजार ७८९ पाउनेछ।
यस्तै म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!