बैतडीमा १७ जना सवार भ्यान दुर्घटना,१० जना घाइते

चालक फरार

बैतडी: जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका -७ भञ्ज्याङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धनगढीबाट पुर्चाैडीहाट जाँदै गरेकाे सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान दिउँसो ३ बजे दुर्घटनामा परेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।

दुर्घटनामा परेर घाइते हुनेहरू सबै बैतडीको पुर्चाैडी नगरपालिकाभित्रका रहेका छन्।

घाइते हुनेहरूमा पुर्चाैडी ५ का १५ वर्षीय भुवन साउँद,
२८ वर्षीया यसाेदा भट्ट,५ वर्षिय काेविट पन्त, २८ वर्षीया पवित्रा पन्त,पुर्चाैडी ४ का १९ वर्षीया कमला धानुक,२२ वर्षीय प्रकाश धानुक, ५ वर्षीय नरेश बाेहरा,२८ वर्षीया वसन्ती अवस्थी,१७ वर्षीय विक्रम साउँद र २२ वर्षीया सावित्री धामी रहेका छन्।

घाइतेमध्ये भुवन, यसाेदा,पवित्रा र कमलाकाे अवस्था गम्भीर छ।
घाइते सबैलाई उपचारकाे लागि डडेल्धुरा अस्पताल लगिएको छ।
१८ यात्रु सवार भ्यानका अन्य आठजनाकाे अवस्था सामान्य रहेकाे छ।

भ्यानका चालक पुर्चाैडीका महेश बाेहरा फरार रहेका छन्।
दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!