पाकिस्तान हारकाे बदला लिन चुक्याे, भारतसँग ६ विकेटले पराजित

काठमाडौं: भारतले एसीसी टी-ट्वान्टी एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतकाे जितमा अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए । शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र अभिषेक शर्माले ९.५ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरे।

पाकिस्तानका हरिस रौफले २, फहिम अशरफ र अब्रार अहमदले १-१ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए ।
बलिङमा भारतका शिबम दुबेले २, कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए ।
यसअघि समूह चरणमा पनि पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो । हारकाे बदला लिन पाकिस्तान चुक्याे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!