सुरेश महरा/बैतडी: बैतडीकाे सुर्नया नदीमा आज एक किशोरी मृत फेला परेकी छन्।
मृत फेला पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ नाैघरकि १७ वर्षीया अप्सरा चन्द रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिनुभयाे।
हिजाे साँझ घरबाट एकाएक बेपत्ता भएकी अप्सरा खाेजतलास गर्दै जाँदा विष्टपालीस्थित सुर्नया नदीमा फेला परेकी हुन्।
अप्सराकाे शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।
घटनाको विस्तृत कारण अहिलेनै खुल्न नसकेको र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
मृतक किशोरी स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।
