काठमाडौं : नेपाल एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिता पराजित भएको छ।
दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो ।
ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे ।
नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ। सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ।
उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुने जनाएको छ।
