बैतडी: नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रमा कार्यरत दुई कर्मचारी ‘दीर्घ सेवा पदक’ तथा ‘कदरपत्र’बाट सम्मानित हुनुभएको छ।
काठमाडौंमा सम्पन्न नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा बैतडीमा कार्यरत सुपरभाइजर माधवप्रसाद लेखक र फाेरम्यान लाेकराज लेखक उक्त पदकबाट सम्मानित हुनुभएकाे हाे।
लेखकद्वयलाई उर्जा, जलस्रोत तथा सिचाइमन्त्री मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदक तथा कदरद्वारा सम्मान गर्नुभयाे।
चार दशकको उज्यालो यात्रामा सहभागी भइ २० वर्षभन्दा बढीको अटुट सेवाको कदरस्वरूप लेखकद्वयलाई ‘दीर्घ सेवा पदक’ तथा ‘कदरपत्र’द्वारा सम्मान गरिएको जनाएको छ।
याे पदक २० वर्षबढी सेवाका कार्यरत उत्कृष्ट कर्मचारीलाई दिइदै आएकाे छ।
पदक पाएपछि खुसी व्यक्त गर्दै याे सम्मानले सेवा र कामप्रतिकाे थप जिम्मेवारी बनाएकाे लेखकद्वयले बताउनुभएकाे छ।
लेखकद्वय वि स २०६१ सालदेखि विद्युत प्राधिकरणमा कार्यरत हुनुहुन्छ।

