काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट स्थानान्तरण गरिने भएकाे छ।
लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सार्ने प्रक्रिया सुरु भएको हाे ।
यो निर्णय राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनपछि कारागार व्यवस्थापन विभागले अघि बढाएको हो ।
विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार शुक्रबार रूपन्देही कारागारलाई पत्राचार गरी लामिछानेको स्थानान्तरण तयारी गर्न भनिएको छ ।
लामिछानेले करिब तीन महिना अघि नै कारागार परिवर्तनको निवेदन दिएका थिए ।
