बैतडी र दार्चुलाका सीमानाका बन्द हुने

बैतडी:नेपाल–भारत सीमानाका बन्द हुने भएको छ ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुन लागेका हुन् ।  

जुलाई २४ र २८ अर्थात साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसंग सीमा जोडिएका नाकाहरु बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।

दार्चुलाको पुलघाट  नाका  जुलाई २१ अर्थात् आगामी साउन ५ गते बेलुकीदेखि जुलाई २४ अर्थात् साउन  ८ गते बिहानसम्म बन्द हुनेछन् ।

यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गते अर्थात  २५ जुलाईदेखि साउन १२ गते अर्थात जुलाई २८ तारिकसम्म बन्द रहनेछ ।  
उक्त अवधिमा  आकस्मिक रुपमा नाका खोल्नुपरेमा दुबै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!