मुम्बई  दोस्रो क्वालिफायरमा प्रवेश,गुजरात बाहिरियो

काठमाडौं:मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

इलिमिनेटरमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा सुरक्षित भयाे।

२ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउँन सक्यो ।

गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ८० रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

तेस्रो विकेटका लागि साईले वासिङ्गटन सुन्दरसँग ८४ रनको साझेदारी गरे । सुन्दरले २४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४८ रन जोेडे ।

मुम्बईका लागि ट्रेन्ट बोल्डले २, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान १ विकेट लिए ।

त्यसअघि पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो।

मुम्बईका लागि रोहित शर्माले ८१ रनको अर्धशतकीय इनिङ खेले । जोनी ब्रेयस्ट्रोले ४७ रन जोडे ।

गुजरातका लागि साई किशोर, प्रसिद्ध कृष्णाले समान २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।

मुम्बईले‌ दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ।
दोस्रो क्वालिफायर आइतवार अहमदावादमा हुनेछ । त्यसको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधिका लागि खेल्नेछ ।
पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गर्दै आरसिबी फाइनल पुगिसकेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!