प्रचण्ड बैतडीमा,पाटनबाट जनजागरण अभियान शुभारम्भ

बैतडी: पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुग्नुभएको छ ।

‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभाम्भ गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड यहाँ पुग्नुभएको हो ।

अध्यक्ष प्रचण्डलाई जिल्लास्थित नेता,कार्यकर्ताले भव्य स्वागत समेत गर्नुभएको छ ।

आजै दिउँसो यहाँको पाटनमा विषेश कार्यक्रमको आयोजना गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियानको शुभारम्भ गर्नुहुनेछ ।

यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गर्नुहुनेछ । अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आउनुभएको छ ।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।

अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ ।

यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।

आज बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!