पोखरा दोस्रो क्वालिफायरमा,फाइनलका लागि धनगढीसंग भिड्ने

काठमाडौं: एफसी चितवनलाई हराएर पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेकाे छ।

दशरथ रंगशालामा आज भएकाे खेलमा चितवनलाई ३-० ले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश गरेकाे हाे।

यसका साथै पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे।

अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग बुधवार फाइनल प्रवेशको लागि खेल्नेछ।

पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!