ललितपुर फाइनलमा,धनगढी स्तब्ध

काठमाडौं: ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै १० खेलाडीमा सीमित ललितपुर लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो।

ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ। धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन्।

ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे। धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!