एनएसएल: लुम्बिनीमाथि धनगढीकाे उत्कृष्ट जित

काठमाडौं: काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले विजयी सुरूवात गरेको छ। 

मंगलबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीमाथि ४-१ गोलको जित निकाल्यो। 

खेलको छैटौं मिनेटमा हिजाजीको गोलबाट धनगढीले खेलमा अग्रता लियो। 

३१ मिनेटमा बुटवलका केन्टा हेराले बराबरी गोल फर्काउन सफल भए। 

७५ मिनेटमा कृतिरत्न छुन्जुले धनगढीका लागि दोस्रो गोल गर्दै दोस्रो पटक अग्रता दिलाए। 

धनगढीले दोस्रो हाफको इन्जुरी समयमा दुई गोल गर्न सफल भयो। इन्जुरी समयको छैटौं मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो र टोलीका तेस्रो गोल गरे। 

इन्जुरी समयको नवौं मिनेटमा बोर्बाजाले धनगढीका लागि चौथो गोल गर्दै टोलीलाई सानदार जितमा योगदान गरे। 

जारी प्रतियोगितमा धनगढीको यो पहिलो खेल हो। बुटवलले भने आफ्नो पहिलो खेलमा झापा एफसीसँग बराबरी खेलेको थियो। 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!