जय ट्रफी खेल्ने सबै टोलीको टुंगो,एपिएफ इन,मधेश आउट

काठमाडौं: जय ट्रफी खेल्ने चारवटै टोलीको टुंगो लागेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लिग चरणका खेल सकिएसंगै जय ट्रफी खेल्ने सबै टोलीको टुंगो लागेको हो ।

नेपाल क्रिकेट संघले प्रधानमन्त्री कपको शिर्ष चारमा पुग्ने टोलीलाई बहुदिवसीय क्रिकेटका लागि छनौट गर्दै आएको छ ।

नेपाल पुलिस क्लब १६ अंकका साथ अंकतालिकाको शिर्ष, त्रिभुवन आर्मी क्लबको पनि १६ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो, एपिएफ क्लब १४ अंकका साथ तेस्रो र बागमती प्रदेश आठ अंकका चौथो हुँदै जय ट्रफीका लागि छनौट भयो ।

बागमती,कर्णाली,लुम्बिनी र मधेश प्रदेशको समान आठ अंक रहेपनि नेटरनरेटमा अगाडी रहदै बागमती जय ट्रफीका लागि छनौट हुन सफल भयो ।

गत संस्करणको जय ट्रफीका लागि छनौट भएको मधेश यसपटक भने छनौट हुन असफल भयो । यसपटक एपिएफ जय ट्रफीमा छनौट हुने नयाँ टोली हो ।

गत वर्ष पुलिस, आर्मी, बागमती र मधेश जय ट्रफीका लागि छनौट भएका थिए ।

आर्मीलाई हराएर पुलिसले गत संस्करणको जय ट्रफीको उपाधि हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!