एसईई परिक्षा: बैतडीमा पहिलाे दिन १२४ जना अनुपस्थित

बैतडी: आजदेखि सुरू भएको यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइईमा बैतडीमा पहिलाे दिन १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

शिक्षा विकास  तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टका अनुसार पहिलाे दिन अंग्रेजी विषयकाे परिक्षामा १२४ जना परीक्षार्थी अनुपस्थित भएका हुन्।

अनुपस्थित हुनेमा नियमित तर्फका ७१, प्राविधिक धार तर्फका १ र ग्रेडवृद्धितर्फका ५२ जना रहेका छन्।

विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बसाइँसराइ,बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयाे।

यसैबीच पहिलाे दिनकाे परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएकाे जनाएको छ।

परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षता रहेकाे माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत गरिरहेकाे छ।

यसका साथै स्थानीय तहहरूलाई पनि अनुगमनका लागि अनुराेध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।

बैतडीमा यो वर्ष बैतडीमा ५ हजार ३ सय ६२ जना परीक्षार्थी सहभागी हुने जनाएको थियाे।

१ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका लागि परिक्षाका लागि २७ केन्द्र ताेकिएका छन्।

Oplus_131072

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!