दशाैं राष्ट्रिय खेलकुदकाे मिति सर्याे,अब जेठमा हुने

काठमाडौं : कर्णाली प्रदेशमा हुने दशाैं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो। 

यसअघि राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!