बैतडी: नागरिक-सैनिक सम्बन्ध बिस्तार तथा सुदृढ बनाउन बैतडीमा नेपाली सेनाले भलिबल प्रतियोगिताकाे आयाेजना गरेकाे छ।
२६२ औं सेना दिवसकाे पुर्वसन्ध्यामा यहाँ रहेकाे श्रीबक्स गुल्मले मैत्रीपूर्ण भलिबल प्रतियोगिताकाे आयाेजना गरेको हाे।
श्रीबक्स गुल्म र राेयल हिल युथ क्लबबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ।
दशरथचन्द नगरपालिका ४ शाहिलेकमा भएकाे मैत्रीपूर्ण भलिबल प्रतियोगिता राेयल हिल युथ क्लबले जितेकाे छ। राेयल हिल युथ क्लबले श्रीबक्स गुल्मकाे टिमलाई ३-१ काे सेटमा पराजित गर्याे।
महाशिवरात्री तथा सेना दिवसकाे उपलक्ष्यमा स्थानीय क्लबसंग मैत्रीपूर्ण भलिबल प्रतियाेगिताकाे आयाेजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति,सेनानी सफल थापाले बताउनुभयाे।
सेनानी थापाले भन्नुभयाे,”नागरिक-सैनिक सम्बन्ध बिस्तार तथा सुदृढ बनाउन प्रतियोगिताकाे आयाेजना गरेका हाैं। यसले सेना र नागरिकबीचकाे सम्बन्ध थप सुदृढ हुने विश्वास छ।”
नेपाली सेनाले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले पछिल्लो समय सामाजिक कार्य पनि गर्दै आएको छ ।
सेनाले विद्यालय,मन्दिर भवन जिणोद्वार, पर्यटकीयस्थल सरसफाई र मर्मतसम्भार, शैक्षिक क्षेत्रको विकासका लागि पुस्तकालय भवन निर्माण, निःशुल्क स्वास्थ्य शिविर, विपद्मा उद्धार,वृक्षाराेपण, विद्यार्थीलाई राष्टिय सेवा दलको तालिम पनि दिदै आएको छ ।


