बैतडी: बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ।
गाेठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसकाे खेलमैदानमा यही फागुन १५ गतेदेखि सुरू हुने प्रतियोगिताकाे तयारी तिव्र पारिएकाे आयाेजक
मेनेजर तेजबहादुर चन्द ट्रष्टका सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयाे।
फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाएको छ ।
प्रतियोगिताको प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयो ।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
