दशौं राष्ट्रिय खेलकुद: छनाैट भएका खेलाडीहरूलाई तयारी गर्न आग्रह

बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनाैट भएका खेलाडीहरूलाई तयारी गर्न आग्रह गरिएको छ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जाेशीका अनुसार जिल्लास्तरीय छनाैट प्रतियोगिताबाट छनाैट भएका खेलाडीहरूलाई प्रदेशस्तरीय छनाैटका लागि तयारी गर्न आग्रह गरिएको हाे ।

गत कात्तिकमा जिल्लास्तरीय छनाैट प्रतियोगिता सम्पन्न गरेर खेलाडी छानिएका छन्।
जिल्ला छनाैटबाट छानिएका खेलाडीलाई आ-आफ्नाे किसिमले तयारी गर्न आग्रह गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।

बन्द प्रशिक्षण गर्न बजेट नभएकाले छनाैट भएका खेलाडीलाई आ-आफ्नाे किसिमले तयारी गर्न आग्रह गरिएको हाे।

सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट यही माघ २८ गतेदेखि
फागुन २ गतेसम्म कैलाली र कञ्चनपुरमा हुँदैछ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको बुधबार बसेको बैठकले प्रदेशस्तरीय छनाैट प्रतियोगिताकाे मिति तय गरेकाे हाे।

प्रतियोगिताका लागि कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगरमा प्रदेशस्तरीय छनाैट खेलहरू हुनेछन् ।

कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो र अत्तरियामा बुद्धिचालको छनोट प्रतियोगिता आयोजना गरिनेछ ।
कञ्चनपुरमा बक्सिङ, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, टेबल टेनिस, क्रिकेट,बास्केटबल, कुस्ती, भारात्तोलन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् । 
प्रदेशस्तरीय छनाैटबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!