जय ट्रफीकाे उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं: जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि आज नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुने फाइनल खेल तीन दिवसीय हुनेछ ।

लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका थिए । पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो ।

लिग चरणमा पुलिसले  मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो । यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएर उपाधि नजिक पुगेको हाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!