काभा भलिबल च्याम्पियनसिप आजदेखि

काठमाडौं: काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आजदेखि काठमाडौंमा हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता हुन लागेकाे हाे ।

नेपाल सहित ४ राष्ट्रका ५ क्लबले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछ्न्। नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन्।

हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन।
यसैगरी भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसीको सहभागिता रहनेको‌ छ।

८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन्। सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन्। लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन।

जहाँ लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ। लिग चरणबाट एक टिम बाहिरिनेछ।

फाइनल खेल मंसिर २९ गते हुनेछ। च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछन।

उदघाटन खेलमा आज टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ। खेल दिउँसो ३:१५ बजे हुनेछ।

दोस्रो खेलमा गण्डकीले र इरानको टोलीको सामना गर्नेछ। यो खेल साँझ ५:३० बजे हुनेछ। च्याम्पियनसिपको सम्पुर्ण खेल हाम्रो खेलकुद डटकम र कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछन्।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!