काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनकाे चुनाैती दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायाे । जसमा कप्तान राेहित कुमार पाैडेलले सर्वाधिक ९५ रन बनाए।
राेहित नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने चाैथाे नेपाली खेलाडी बनेका छन् । राेहितले आज पाेखरा एभेन्चर्सविरूद्धकाे खेलमा अर्धशतक हिर्काएका हुन्।
यसअघि जनकपुरका कप्तान अनिलकुमार शाह पहिलाे,सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी दाेस्राे र विराटनगर किङ्सका लाेकेश बम तेस्रो एनपीएलमा अर्धशतक हिर्काउने नेपाली खेलाडीकाे सूचीमा छन् ।
पाेखराका विपिन खत्रीले २ विकेट लिए।
दुबैटाेली पहिलाे खेल हारिसकेकाले आजकाे खेल महत्त्वपूर्ण छ।
