पहिराेले दशरथचन्द राजमार्ग अवरुद्ध ,भाेलिमात्रै सुचारू हुने

बैतडी: सुख्खा पहिराेका कारण दशरथचन्द राजमार्ग अवरुद्घ भएको छ। बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको हो ।

राजमार्गकाे घुम्ती सुधारको क्रममा माथिबाट खसेकाे सुख्खा पहिराले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकाे बैतडी प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,” घुम्ती सुधारकाे क्रममा माथिबाट ठुलाे पहिराे खसेकाे छ। राजमार्ग पुनः सञ्चालन गर्न रातिकाे समयमा सम्भव छैन, भाेलिमात्रै पहिराे पन्छाउने काम हुन्छ।”

प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र रातीको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले समेबार बिहानदेखि पहिरो पन्छाउने काम थालिने जनाएको छ।

पहिरोको जोखिम अझै पनि रहेकाले रातिको समयमा सडक खुलाउन नसकिने र सोमबार बिहानैदेखि पहिरो पन्छाउने काम हुनेछ।
राजमार्ग अवरुद्ध हुँँदा लामाे तथा छाेटाे दुरीका सवारीसाधन ठप्प हुँदा यात्रुहरू बीचबाटाेमै अलपत्र परेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!