बैतडी: बैतडीमा बसको ढोकाबाट खसेर एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा जिल्लाको मेलौली नगरपालिका-७ काडाँका १८ वर्षीय बसका सहचालक नविन भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयाे।
महेन्द्रनगरबाट पञ्चेश्वर जादै गरेको पवनदुत यातायातको ना ८ ख ६३६१ नम्बरको बस मेलौली नगरपालिका-१ प्रहरी चेक पोष्ट स्थित रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन् ।
बसबाट खसेका सहचालक भट्टकाे अवस्था गम्भीर रहेकाे जनाएको छ। नविनकाे कानबाट रगत गरिरहेकाे र अचेत अवस्था रहेका प्रवक्ता ढुंगानाले बताउनुभयाे।
घाइते भट्टलाई प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा पठाएको थियाे। डडेल्धुरा अस्पतालमा पनि उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ।
बसका चालक दीपक मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
