बैतडी जिल्ला क्रिकेट संघको साधारणसभा असाेज ३ मा हुने

बैतडी: बैतडी जिल्ला क्रिकेट संघ(बिडीसिए)काे वार्षिक साधारणसभा असाेज ३ गते हुने भएकाे छ । यसअघि भदाै २९ गतेका लागि तय भएकाे साधारणसभा सभा लगातार वर्षा भइरहेकाले माैसम प्रतिकुलताका कारण असाेज ३ मा सारिएकाे हाे ।
माैसम अनुकुल नभएकाले जिल्लाभरीका प्रतिनिधि सहभागी हुन समस्या हुने भएपछि साधारणसभा असाेज ३ गतेका लागि सारिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।

गाेठलापानीमा सम्पन्न हुने उक्त साधारणसभामा वार्षिक प्रतिवेदन पेसका साथै आगामी वर्षकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयाे। उहाँले भन्नुभयाे,” साधारणसभामा वार्षिक प्रतिवेदन पेस हुने र आगामी वर्षकाे नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम हुनेछ।”

साधारणसभामा बैतडी जिल्लाभरी रहेका विभिन्न १५ क्लबका प्रतिनिधि, बैतडी जिल्ला क्रिकेट संघ मातहत रहेका विभिन्न समितिहरूलगायतकाे सहभागिता रहने जनाएको छ।
साधारणसभाकाे उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम तय भएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!