विषालु सर्पले डस्दा एक युवकको मृत्यु

सर्लाही: विषालु सर्पले डस्दा सर्लाहीको हरिवनमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आलेमगर रहेका छन्।

राति शौचालय जाने क्रममा सागरलाई गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई तत्कालै लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!