काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम छ।
असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने कार्यक्रम रहेकाे हाे।
साेडारीले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै साउन १८ गते विश्वासको मत लिने जानकारी समेत गराइसक्नुभएकाे छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पनि पठाइसकेको छ।
शुक्रबार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको छ।
असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा पर्नुभएकाे थियाे। उहाँले विश्वासको मत लिने अन्तिम दिन साउन १८ गते विश्वासको मत लिन लाग्नुभएको हाे।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री हुनुभएकाे थियाे। तर केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफुना तीन जना मन्त्रीहरु पनि फिर्ता बोलाएको थियो।
