बैतडी:
बैतडी–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन शुरु भएको छ । अधिवेशन काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा शुरु भएको हो ।
अधिवेशनको उद्घाटन समारोह सम्पन्न पश्चात अहिले बन्दसत्र जारी रहेको बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष ईन्जिनियर दिनेश भट्टले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक सभापति लोकराज अवस्थी,नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, कांग्रेस बैतडीका पूर्व सभापति तथा पूर्वमन्त्री नरबहादुृर चन्द लगायतको उपस्थितीमा रहेको छ ।
यसका साथै सम्पर्क समितिका सल्लाहकार,पदाधिकारी,सदस्य,काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका नेता, पालिका प्रमुख,उपप्रमुख,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,भातृ एवं शुभेच्छुक संस्थाका नेता,पार्टीका क्रियाशिल सदस्यका साथै आस्थावान,शुभचिन्तकलगायतको उपस्थिती रहेको छ ।
उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताहरुले कांग्रेस एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनको बन्दशत्रबाट नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।
